राष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ वामपन्थी नेता तथा किसान आन्दोलनका अगुवा कृष्णराज बर्माको निधनमा शोक व्यक्त गर्नु भएकोछ ।

राष्ट्रपति भण्डारीले ट्‍वीटरमार्फत् वामपन्थी नेता बर्माको निधनमा समवेदना प्रकट गर्नुभएको हो । उहाँले दिवंगत नेता बर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

वामपन्थी नेता बर्माको हिजो ९३ वर्षको उमेरमा निधन भएको थियो । उहाँ लामो समयदेखि नसाको रोगबाट पिडित हुनुहुन्थ्यो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.