पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नौ हजार ३२८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ११२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४२९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । मङ्गलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार २८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल पाँच हजार ३४० जना सक्रिय सङ्क्रमित छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.