भीम रावललाई प्रधानमन्त्रीको प्रश्न – रक्षामन्त्री हुँदा एमसिसीको बारेमा थाहा थिएन ?
नुवाकोट- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तामा हुँदा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ ।
आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गनुहुँदै प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेश भएको प्रस्ताव नै अहिले पारित भएको बताउनुभयो ।
उहाँले नेकपा (एमाले)क सांसद् भीम रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो हो । ‘केपी ओलीले पेश गर्नुभएको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसिसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यसबेला मन्त्रीबाट राजीनामा किन नदिएको ?’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्