रुस र युक्रेनबीच पाँचौ चरणको शान्ति वार्ता

रुस र युक्रेन बीच युद्ध शुरु भएको २० औं दिनमा पाँथो चरणको शान्ति वार्ता शुरु भएको छ । युक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच हिजो पुनः शान्ति वार्ता सुरू भएको स्थानीय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । युक्रेनी र रूसी प्रतिनिधिमण्डलले सोमबार भिडियो लिङ्क मार्फत् छलफल सुरु गरेका हुन् ।

रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभ सहित कयौं शहरहरु क्षतिग्रस्त भएका छन् । राजधानी किभ खतरनाक अवस्थामा रहेको भन्दै त्यहाँका मेयरले ३५ घण्टाका लागि कर्फ्युको घोषणा गर्नुभएको छ ।

किभमा सुरक्षा खतरा हुँदाहुँदै पनि तीन युरोपेली देशका प्रधानमन्त्रीले जोखिम मोलेर रेल मार्ग हुँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग राजधानी किभमा भेटवार्ता गर्नुभएको छ । पोल्याण्ड, स्लोभेनिया र चेक रिपब्लिकका प्रधानमन्त्री हिजै किभ पुग्नु भएको हो ।

हवाई मार्गबाट यात्रा गर्दा रुसी सेनाको निसानामा पर्न सक्ने भन्दै तीन जना प्रधानमन्त्रीले रेलमार्गबाट जाने निर्णय गर्नुभएको हो । युद्धले पीडामा रहेका युक्रेनी र त्यहाँका राष्ट्रपतिलाई नैतिक रुपमा समर्थन र साथ दिन तीन युरोपेली देशका प्रधानमन्त्रीले जोखिमपूर्ण यात्रा गर्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.