प्रधानमन्त्री देउवासँग दाहाल र नेपालको भेटवार्ता

काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुनिश्चित रहेकोले ढुक्क हुन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकमा प्रधानमन्त्रीले निर्वाचनबारे ढुक्क रहन आग्रह गर्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री देउवासँग माओवादी अध्यक्ष प्रचण्डले आगामी निर्वाचनका विषयमा भइरहेको हल्लाबारे जिज्ञासा राख्नुभएपछि प्रधानमन्न्रीले आश्वस्त पार्नुभएको प्रचण्डले बताउनुभएको हो ।

जवाफमा प्रधानमन्त्री देउवाले यस्ता खालका हल्ला चलिरहे पनि निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.