दैनिक घट्न थाल्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।
तोलामा २ सयले घटेर सोमबार छापावाल सुनको मूल्य १ लाख २ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय निर्धारण भएको छ ।
आइतबार एकै दिन ९ सय घटेको थियो ।
चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।






प्रतिक्रिया राख्नुहोस्