नेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्यास

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार महासंघ गोरखा शाखाको भवन शिलान्यास गर्नुभएको छ । गोरखा नगरपालिका ८ मा निर्माण हुन लागेको तीन तले भबनको मुख्यमन्त्री पोखरेलले शिलान्यास गर्नुभएको हो ।

भबन शिलान्यास गदै उहाँले पत्रकाहरुका संस्थागत बिकास र क्षमता अभिवृद्धीका लागि गण्डकी प्रदेश सरकारले सहयोग गरेको बताए । साथै उनले प्रदेश सरकारले गरेका केही गल्ती कमजोरी भए त्यस्ता विषय बाहिर ल्याईदिन पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

प्रदेश सरकारलाई दिइएको सुझाब र समस्याका बारेमा आफु संवेदनशिल रहेको बताउँदै उहाँले गुनासो निराकरण गर्ने गरी अघि बढ्ने बताउनुभयो ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकार महासंघको भबन निर्माणमा सबैको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघ गोरखाका संस्थापक अध्यक्ष किशोरजंग थापा, जिल्ला शाखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

पत्रकार महासंघ गोरखा शाखाको भबन गोरखा नगरपालिका ८ रानिबनका शम्भु खत्रीले दान दिएको दुई आन र खरिद गरिएको एक आना गरि तीन आना क्षेत्रफलमा निर्माण हुन लागेको हो ।

भबनको पहिलो तलामा हल, दोस्रो तला कार्यालय र तेस्रो तला गेस्ट रुम रहने महासंघका सचिव बिकास मरहट्टाले बताए । फर्निचर र बाहिरको निर्माण काम बाहेक भबन मात्र तयार गर्न ८० लाख रुपैयाँ लाग्ने महासंघले जनाएको छ ।

भबन निर्माणका लागि चालु वर्ष गोरखा नगरपालिकाले पाँच लाख रुपैयाँ, सिरानचोक गाउँपालिकाले दुई लाख रुपैयाँ बिनियोजन गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.