मन्त्रीपरिषद पुनर्गठन : गोविन्द बन्दी कानुन र दिलेन्द्र बडूलाई उद्याेग मन्त्रीकाे जिम्मेवारी

काठमाडौं- अधिवक्ता गोविन्दप्रशाद शर्मा काेइराला (बन्दी) कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनु भएको छ ।

उहाँलाई प्रधानमन्त्री शेरबहादुर देउवाको शिफारिसमा कानुनमन्त्रीमा नियुक्ति गरिएको हो । उहाँले आजै २ बजे सपथ लिने तयारी भई रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यसैगरी नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्दप्रसाद शर्मा (कोइराला)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गर्नुभएको हो ।

साथै, कानुन मन्त्रालय सम्हाल्दै आउनुभएको बडूलाई हाल प्रधानमन्त्री देउवाले सम्हादै आउनुभएको वाणिज्य मन्त्रालयमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.