गठबन्धनबारे परामर्श गर्दै प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको गठबन्धनबारे परामर्श गर्नुभएको छ ।

गठबन्धनप्रति स्थानीय नेताहरुले असन्तुष्टि जनाइरहेकाबेला प्रधानमन्त्री देउवाले चितवन र कास्कीका सभापितलाई भेट्नुभएको छ । उहाँले चितवन जिल्ला सभापति राजेश्वर खनाल र कास्कीका सभापतिमा किशोरदत्त बराललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर परामर्श गर्नुभएको हो ।

६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँडबारे दलहरु निरन्तर छलफलमा छन् । तर, कांग्रेसको स्थानीय नेतृत्व गठबन्धनमा असन्तुष्ट भएपछि चितवन र पोखराका नेताहरुसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको हो ।

चितवनमा माओवादी केन्द्र र पोखरामा नेकपा एकीकृत समाजवादीलाई मेयर दिने तयारी भइरहँदा स्थानीय नेतृत्व विभाजित भएको हो । वीरगञ्ज जनता समाजवादी पार्टीको भागमा पर्ने बुझिएको छ । काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसले लिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.