सत्ता साझेदार दलहरुको बैठक : स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडका बारेमा छलफल

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँड र तालमेलमा सहमति जुटाउन सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने छलफलले महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटलाई अन्तिम रुप दिने बताइएको छ ।

यसअघि हिजो बसेको बैठकमा गठबन्धन सहमति नजिक पुगेको सहभागी नेताहरुले जानकारी दिनुभएको छ ।

सहमति गर्न बाँकी अन्य विषयहरुमा पनि दलहरुबीच सकारात्मक ढंगवाट छलफल भइरहेको उहाँले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.