यी हुन् मन्त्रिपरिषदले गरेका निर्णयहरु (भिडियोसहित)

काठमाडौं– सरकारले स्वदेश आउनैपर्ने नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजिकरण गर्न जेठ १२ गतेको निर्णय संशोधन गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले १० वटा मात्रै प्रवेश विन्दु तोकेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनलाई भदौ ३१ गतेसम्मका लागि रोकिएको छ ।

सरकारले होटल तथा रेस्टुराँलाई खुला राख्ने निर्णय परिवर्तन गरेको छ । भीडभाड बढ्ने र स्वास्थ्य जोखिम बढ्ने भएकाले खानेकुरा घरमा लैजानेमात्रै निर्णय गरिएको छ ।

सरकारले भदौ १ गतेदेखि खुला गर्ने भनिएका शैक्षिक संस्था, लामो तथा छोटो दुरीका सवारी र राष्ट्रिय÷अन्तर्राष्ट्रिय उडानलाई रोकिएको छ ।

सरकारले घरबाटै काम गर्ने व्यवस्था मिलाउन र ५० प्रतिशत कर्मचारीबाट मात्रै कामकाज गर्न निर्देशन दिएको छ । धार्मिक स्थलमा भीडभाड नगर्ने, चाडबाड घरमै मनाउने, दैनिक उपभोग्य र निर्माण सामग्री आपूर्ति गर्दा कामदारलाई स्वास्थ्य सजगता अपनाउन सरकारले अपिल गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.