होटलको छतबाट लडेर पर्यटकको मृत्यु

काठमाडौं- काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर एक पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.