कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन उपसमिति गठन गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न उपसमिति गठन गरेको हो ।

पार्टीका केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डेलाई भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको संयोजक, मीनबहादुर विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजक, प्रदीप पौडेललाई अनुगमन, मूल्याकङ्न तथा सुपरीवेक्षण उपसमितिको संयोजक, मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति संयोजकको जिम्मेवारी दिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी उदयशमशेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजक, जीतजङ्ग बस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजक र रामहरि खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.