मेलम्चीको पानी आजबाट पुन: वितरण गर्न शुरु
काठमाडौँ- काठमाडौँ उपत्यकामा पुन: आजवाट मेलम्चीको पानी वितरण शुरु गरिएको छ ।
मुहान क्षेत्रमा गएको पहिरो र वाढीवाट क्षतिग्रस्त बनेको सुरुङको हेडबक्सको निर्माण पछि आयोजनाले पुनः पानी वितरणको तयारी थालेको हो ।
सुरुङ्ग मार्ग हुदै ल्याइएको पानी सुन्दरीजलमा रहेको प्रसोधन केन्द्रवाट वितरण गर्ने तयारी आयोजनाले गरेको छ ।
आयोजनाले बनाएको वितरण प्रणालीको पाइपलाइन परीक्षणको काम बाँकी रहेकोले आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै पानी वितरण गरिने भएको हो । बिच्छाइएको १ हजार १० किलोमिटर पाइपमध्ये आधा भन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ ।।
प्रतिक्रिया राख्नुहोस्