रुपन्देहीका १६ पालिकामा २ महिलाको मात्रै प्रमुखमा उम्मेदवारी

रुपन्देही- रुपन्देहीका १६ वटा पालिका मध्ये २ स्थानीय तहमा मात्रै महिलाको प्रमुख पदमा उमेदवारी परेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टी र लुम्बिनी साँस्कृतिक नगरपालिकामा नेकपा एमालेबाट महिलाले प्रमुखमा उमेदवारी दिनुभएको छ।

तिलोत्तमामा आशाकुमारी चौधरी उमेदवार बन्नु भएको छ। उहाँ एकीकृत समाजवादीको जिल्ला कमिटी सचिवालय सदस्य हनुहुन्छ। ४३ वर्षी चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुनुहुन्छ। त्यस्तै लुम्बिनीमा रमावती यादवले नेकपा एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनु भएको छ।

लुम्बिनीको समग्र विकास, सुशाशन र कुरीति अन्त्यका एजेन्डा लिएर नागरिकका मत तान्ने उहाँले बताउनु भयो।

उहाँ यसअघि प्रदेश सभा निर्वाचनमा संघीय समाजवादी फोरमबाट र स्थानीय निर्वाचनमा कांग्रेसबाट उपप्रमुखमा उमेदवारी दिनुभएको थियो। उहाँ दुइटै निर्वाचनमा पराजित हुनु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.