मास्क लगाउने कि जरिवाना तिर्ने ? (भिडियो रिपोर्ट)

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्कको प्रयोगमा कडाइ गरेकोछ ।

कार्यालयबाट खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुको टोलीले त्रिपुरेश्वर कालीमाटी कलंकी लगायतका ठाउँहरुमा अनुगमन गरी मास्क प्रयोग नगर्ने वा प्रयोगमा लापरवाही अपनाउने ब्यापारी तथा सर्वसाधारणहरुलाइ एक एक सय रुपैयाँ जरिवाना गरेको छ । संक्रामक रोग सम्बन्धी ऐन अनुसार गत चैत्रमा सरकारले निर्णय गरी सार्वजनिक स्थलमा मास्क प्रयोग नगर्नेहरुलाइ पहिलो पटक एक सय रुपैयाँ जरिवानाका साथै एक महिना कैद गर्न सकिने निर्णय गरेको थियो ।

काठमाडौंमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको हुँदा मास्क लगायतका सावधानीहरु अपनाउन सचेत बनाउने उद्येश्यले अनुगमन गरिएको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालले जानकारी दिनुभयो । अनुगमनका क्रममा थोत्रो मास्क लगाउने र संयोगबश मास्क नभएकाहरुलाई नयाँ मास्क वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.