तुलसीपुरमा मेयर उपमेयर नै एमाले विजयी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।

एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी हुनुभएको छ ।

खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मत अन्तरले पराजित गर्नुभयो । खड्काले ३१ हजार ४०८ मत पाउँदा गिरीले २७ हजार ७१७ मत पाउनुभयो ।

उपप्रमुखमा चौधरीले एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गर्नुभयो । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गर्नुभयो ।

तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्रबाट एकजनाले जित्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.