सिन्धुपाल्चोक पहिरोमा १३ घर पुरिए, ५ परिवार सम्पर्कविहीन

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदी गाउँमा पहिरोमा ५ परिवार सम्पर्कविहीन भएका छन् ।
बेपत्ता परिवारमध्ये ३ घरका १३ जनाको तथ्यांक प्राप्त भएको र १५ जना पहिरोबाट निस्किएर नजिकैको लप्सेचौरबाट सम्पर्कमा आएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिरोबाट थप ३० घर उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । ‘पहिरो झरिरहेकाले उद्दारमा कठीनाई भएको छ,’ उहाँले भन्नुभयो ।
घटनास्थल प्रहरी चौकी रहेको स्थानबाट करिब ३ घण्टाको दुरीमा रहे पनि चारैतिर बाट पहिरो गई पैदल मार्ग समेत अबरुद्ध भएको छ ।
जिल्ला प्रहरी प्रवक्ता माधवराज काफ्लेले पैदल मार्गबाट उद्दार कार्य सम्भव नदेखिएपछि हेलिकप्टरबाट उद्दारको प्रयास भइरहेको जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्