बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

हेटौँडा- बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश सरकारले आगामी आ.ब.को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गरेको हो ।
सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । देश संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो ।
प्रदेश सरकारले पाचौं पटक नीति तथा कार्यक्रम ल्याउन लागेको भएपनि गठबन्धनको नेतृत्वमा भने पहिलो पटक सदनमा नीति तथा कार्यक्रम आउन लागेको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।।






प्रतिक्रिया राख्नुहोस्