धादिङको धार्केमा रासायनिक मल बोकेका ट्रक स्थानीय किसानले लुटे

धादिङ- धादिङको धार्केमा किसानहरुले रासायनिक मल बोकेको ट्रकबाट मल लुटेका छन ।

काठमाडौँतर्फ आउँदै गरेका २ वटा ट्रकहरुबाट किसानहरुले मल लुटेका हुन । करिब ५ सय ३० बोरा रासायनिक मलमध्ये सबैजसो मलका बोरा लुटिएको हाम्रा संवाददाता शिव सिलवालले जनाएका छन । दुबै ट्रकमा युरिया र डीएपी मल रहेको प्रहरीले जनाएको छ ।

स्थानीय किसानहरुले २ वटा ट्रकबाट मल निकाल्न लाग्दा प्रहरीसँग झडप भएको थियो । तर सयौँ किसानहरुले प्रहरीको रोकावटको बाबजूद पनि मल निकालेका थिए ।

मल बोकेका दुबै ट्रक अहिले प्रहरी चौकीमा राखिएको छ।

किसानहरुले खेती गर्ने समयमा  मलको अभाव भएपछि मलको जोहो गर्न नसक्दा समस्या भोगिरहेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.