४ सय ६८ कोरोना भाइरस संक्रमित थपिए, उपत्यकामा ९८ जनामा संक्रमण

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । थपिएसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
संक्रमितमध्ये १ सय २ जनाको मृत्यु भएको छ भने १७ हजार २ सय १ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जना छन् ।






प्रतिक्रिया राख्नुहोस्