माओवादीको केन्द्रीय समिति बैठक स्थगित, बुधबार बस्ने

काठमाडौं– सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । नेताहरुले थप होमवर्क गर्नुपर्ने भएकोले बैठक बुधबार दिउँसो १ बजे सरेको केन्द्रीय सदस्य जयपुरी घर्तीले जानकारी दिनुभयो ।

नेताहरुले थप होमवर्क गर्नुपर्ने भयो । स्थायी कमिटी, पोलिट्ब्युरो र पदाधिकारी चयनलगायतका विषय छन् उहाँले बताउनुभयो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारदेखि जारी बैठक आज बिहान ११ बजे बस्ने जनाए पनि सो बैठक स्थगित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.