डोनाल्ड ट्रम्पका भाइको निधन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको शनिबार राति निधन भएको छ ।
७१ वर्षीय रोबर्ट स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका थिए । निधनको कारण नखुलेको बीबीसीले जनाएको छ ।
निधन हुनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल पुगेका थिए । ट्रम्पले शोक बक्तव्य जारी गर्दै भनेका छन्– ‘रोबर्ट मेरो भाइमात्र थिएन, सबैभन्दा मिल्ने साथी थियो । अहिले अभाव महसुस गरेको छु । तर हामी फेरि भेट्नेछौं । उसको सम्झना सदैव मेरो हृदयमा रहनेछ । आत्माले शान्ति पाओस् ।’






प्रतिक्रिया राख्नुहोस्