संखुवासभा सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन र १ जनालाई २५ बर्ष कारावासको फैसला

संखुवासभा- जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ४ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । साथै सोही घटनामा संलग्न एक जनालाई २५ वर्षको अर्थात दुई तिहाई मात्र  कारावासको फैसला सुनाइएको छ ।

जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ५ जना मध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो ।

गत २०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका-१, उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ५ जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिनुभयो ।

श्रेस्तेदार गौतमका अनुसार हत्यामा संम्लग्न मादी -१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की र ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवासको फैसला भएको हो । यसैगरी, १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाइएको छ ।

हत्यामा संम्लग्न भएका १७ बर्षीय नरेशलाई बाल सुधार गृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा ४ जनाले दुई-दुई लाख रुपैयाँ क्षतिपुर्ति र पीडित राहत कोषमा २८ सय रुपैयाँ रकम समेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत संखुवासभाले जनाएको छ ।

उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन् ।

जिल्ला प्रहरी संखुवासभाले पनि ४ जना विरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो ।

गत २०७८ भदौ २१ गते उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

अनुसन्धानको नालीबेली यस्तो थियो

घटना घटेपछि इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसी को कमान्डमा सिआइबी, संघीय इकाइ प्रहरी कार्यालयसहित को टोलिले घटनाको अनुसन्धान गरी लोक बहादुर कार्किलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको थियो ।

लोक बहादुर कार्की पक्राउ परेपछि पुन: थप अनुसान्धानको लागि चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडासहितको टोलीले दोश्रो पटक घटनास्थलमा नै खटिएर थप अनुसन्धान गरेको थियो । सोही क्रममा बाँकी ५ जनालाई प्रमाणसहित पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

पक्राउ पर्ने मध्ये प्रतिबादी लोकबहादुर कार्कीका बुबा रणबहादुर कार्कीलाई सोही घटनामा मारिएकाहरुको कृया बसिरएको समयमा पक्राउ गरिएको थियो ।

यो घटना पश्चात घटना घटाउन प्रयोग गरिएको हतियार र हराएको मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो ।  घटनाको सफल अनुसन्धान गरेका खतिवडालाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले १४ जिल्ला मध्ये छनौट गरी भाद्र महिनाको सर्बोत्कृस्ट प्रहरीको रुपमा पुरस्कृत समेत गरेको छ।

प्रहरी निरिक्षक खतिवडालाई २०७८ सालको प्रहरी दिवसको अवसरमा १ बर्षभित्र कार्यसम्पादन मा सर्बोत्कृस्ट प्रहरीलाई प्रदान गरिने सबैभन्दा ठूलो धनराशिको ‘साधनादेबी उत्कृष्ट प्रहरी पुरस्कार’बाट नगद ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.