भूसाल र भट्टराई उपसभामुख उम्मेदवार
काठमाडौं– प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धन र प्रमुख विपक्षी दलका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।
सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उहाँले उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । सो उम्मेदवारीमा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ ।
नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।
उहाँले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल हुनुहुन्छ ।
२०७६ साल माघ ६ गते तत्कालिन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
प्रतिक्रिया राख्नुहोस्