श्रीलंका संकटः राजापाक्षेले छाडे माल्दिभ्स पनि

कोलम्बो– जनताको ब्यापक अवरोध र विरोधपछि भागेर माल्दिभ्स पुग्नु भएका श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षले माल्दिभ्स पनि छाड्नु भएको छ ।

साउदी एयरलाइन्सको विमानबाट राजापाक्ष सिंगापुर तर्फ उड्नु भएको समाचार छ । श्रीलंका छोडेपनि अझसम्म राजापाक्षले आफ्नो पदबाट राजिनामा दिनु भएको छैन ।

राष्ट्रपति र प्रधानमन्त्री रणिल विक्रमसिंघेको राजिनामा माग्दै प्रदर्शनकारीहरुले राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गरिरहेका छन् । प्रदर्शनकारीहरुले संसद भवन समेत कब्जा गर्ने गरी अघि बढेपछि संसद भवनको सुरक्षा गर्न सेना परिचालन गरिएको छ ।

यसैबीच सरकारी भवनको कब्जा छोड्ने सम्बन्धमा अधिकारी र प्रदर्शनकारीका प्रतिनिधि बीच वार्ता भइरहेको छ । कार्यवाहक राष्ट्रपतिका रुपमा रहनुभएका प्रधानमन्त्री विक्रमसिंघेले सरकारी भवन खाली गराउन आवश्यक कारवाही अगाडि बढाउन सेनालाई आदेश दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.