गर्भनर अधिकारीलाई पदबाट राजिनामा दिन सांसदहरुको सुझाव

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजिनामा दिन सांसदहरुले सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गर्भनर अधिकारीलाई पदबाट राजिनामा दिएर कानून र नैतिकता देखाउन सुझाब दिनुभएको हो ।

कानून र नैतिकताको प्रश्न उठ्ने बित्तिकै राजिनामा दिनुपर्ने भन्दै सांसदहरुले गर्भनरको बिषयलाई लिएर सडक आन्दोलन भै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसैगरी, सांसदहरुले विशेषगरी वर्षातसँगै तराई क्षेत्रमा वढ्दो डुवान र पहाडी क्षेत्रमा पहिरोका कारण जनधनको क्षति भएको भन्दै क्षति न्युनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । साथै वाढी पहिरोमा परेर जनधन गुमाएका नागरिकहरुलाई उचित राहतको ब्यवस्था दिन पनि माग गर्नुभएको छ।

यस्तै सांसदहरुले कृषकहरुले अहिले पनि मल पाउन नसकेको बताउँदै संसदमा उठाइएका बिषयहरु सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

यसैगरी, सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।

समग्र न्यायालयको सुधारका लागि उच्चस्तरीय न्याय सुधार र निर्देशन आयोग गठन हुनुपर्नेमा पनि सांसदहरुको जोड थियो । साथै शुन्य समयमा बोल्ने अन्य सांसदहरुले समसामयिक विषय र आ–आफ्नो क्षेत्रमा देखा परेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.