रनिल विक्रमासिंघे श्रीलंकाका नयाँ राष्ट्रपतिमा निर्वाचित

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी हुनुभएको घोषणा गर्नुभएको छ । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा राष्ट्रपतिको लागि नयाँ निर्वाचन भएको हो ।्

आर्थिक संकटको चपेटामा परेको श्रीलंकामा नयाँ राष्ट्रपतिले समाधानका नयाँ विकल्प दिनुपर्ने चुनौति छ । यहाँ मानिसहरु इन्धन, औषधि र खाद्यान्नको संकट भोग्नु परेको भन्दै लामो समयदेखि आन्दोलनमा थिए । उनीहरुको आन्दोलनकै कारण निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षे देश छाडेर भाग्नु परेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.