सुनकोशी नदीले बगाएर दुई जना बालक बेपत्ता

काभ्रे- तेमाल गाउँपालिका वडा नं २ स्थित सुनकोशी नदीले बगाएर दुई जना बालक बेपत्ता भएका छन् ।
तेमाल गाउँपालिका वडा नं ३ स्थित चौथलीका सोम माझीका ११ वर्षीय छोरा समिर माझी र सोही स्थानकै कुल बहादुर माझीको ८ वर्षीय छोरा कान्छो माझी पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार तेमाल गाउँपालिका वडा नं २ लामबगरस्थित सुनकोशी नदीमा आज पौडी खेल्ने क्रममा उनीहरु नदीले बगाएर बेपत्ता भएका हुन ।
उहाँका अनुसार सुनकोशी नदीमा बालकहरु बेपत्ता भएको खबर पाउना साथ उद्दारको लागि पाचखाँलमा रहेको सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेको छ । बेपत्ता बालकहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्