निर्माणाधिन भवनको भुइँमै बसेर पढ्छन हुम्ला ताजाँकोटका विद्यार्थी

हुम्ला- हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन ।

ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा र बाबुराम कन्स्ट्रक्सन निर्माण सेवाको लापरबाहीले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको हो ।

भवन निर्माण नभएपछि भुइँमा पढ्दै आएको कक्षा ६ छात्रा सुविधा शर्माले दुखेसो गरिन । कक्षा कोठा नहुदाँ सरहरूले यतै राखेर हामीलाई पढाउनु हुन्छ- शर्माले भनिन् ।

“भवन छैन । गत वर्षको बाढीले भवन पुरिदिएपछि भवनको अभाव भएकोले हामीहरु भुइमै बसेर पढ्दै आएका छौँ”- कक्षा ६ मा अध्ययनरत छात्र जसबहादुर सुनार बताउँछन ।

ठेकेदारहरूले समयमै सम्पन्न नगरेपछि ४० लाखको चार कोठे भवन र ५० लाखको पाँच कोठे भवन दुई वर्षदेखि अधुरै छन ।
४० लाखमा चार कोठे भवनको जिम्मा पाएको प्रसान्त निर्माण सेवाका प्रोपाइटर नन्दखर जैसीले चुनावका कारण भवन निर्माण ढिलासुस्ती भएको बताए ।

काठहरू संकलन भइसकेको अब १५ गतेभित्र सम्पन्न गर्ने जैसीले दावी गरे ।
५० लाखमा पाँचकोठे भवनको जिम्मा लिएका बाबुराम कन्स्ट्रक्सन निर्माण सेवा यस विषयमा बेखवर देखिएको छ ।

धर्मोदय माध्यमिक विद्यालयका प्रधानाध्याक गंगादत जैशीका अनुसार गत वर्ष पहिरोले भवन नै पुरिदिएपछि समस्या आएको बताउनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.