नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौँ- नागरिकता सम्बन्धी ऐनको संशोधन विधेयक आज राष्ट्रिय सभाले पनि पारित गरेको छ । योसँगै अब नागरिकता विधेयक संसदका दुबै सदनबाट पारित भएको छ।

राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो।

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गर्नुभएको थियो ।

संसदबाट पारित भएसँगै अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो कानून लागु हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.