बढ्दै कोरोना संक्रमण : ७ सय १० जना नयाँ संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा ७ सय १० जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको २ हजार ५४१ पिसीआर र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २१५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ।

यही अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयले जनाएको छ।

देशभर हाल ४ हजार २३६ जना सक्रिय संक्रमित छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.