प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुबै निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभाको निर्वाचन एकै चरणमा हुने छ ।

यसअघि बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो भने निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता निर्वाचन गर्न सकिने सुझाव दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.