प्रदेश नं २ मा सङ्क्रमितको संख्या एक महिनामै दोब्बर, मृतकको सङ्ख्या पनि ४५ पुग्यो
काठमाडौं- प्रदेश नं २ मा एक महिनामै करिब तीन हजार सङ्क्रमित बढेका छन् । प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका अनुसार असार मसान्तसम्म तीन हजार ९११ जना सङ्क्रमित रहेकामा साउन मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या छ हजार ८२१ पुगेको छ ।
पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । सङ्क्रमितसँगै मृत्यु हुनेको सङ्ख्या पनि वढेको छ । एकमहिना अघिसम्म रौतहट, बारा र पर्सामा एक/एक जना गरी तीन जनाको मृत्यु भएकोमा साउन अन्तिम सम्ममा मृतकको सङ्ख्या ४५ पुगेको छ ।
पर्साका मात्रै २० जनाको मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं २ मा हाल दैनिक साढे एक हजार जनाको स्वाब सङ्कलन भइरहेको छ भने कोरोना परीक्षण ८०० जनाको मात्र भइरहेको छ । हालसम्म ७६ हजार ५२५ जनाको स्वाब सङ्कलन भएकोमा आठ हजार ४१४ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।-
प्रतिक्रिया राख्नुहोस्