पर्सामा थप ६६ जनामा संक्रमण

पर्सा- स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित पर्सा जिल्लामा ६६ जना कोरोना संक्रमित भेटिएका छन् ।

साउन ३० गतेदेखि भदौ १ गतेसम्म विभिन्न स्थानमा संक्रलन गरिएको स्वाबको नमुनालाई वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा ८ वर्षदेखि ७९ वर्ष उम्मेर समुहका १७ जना महिला र ४९ जना पूरुषमा संक्रमण पुष्टी भएको हो ।

गएराति आएको प्रयोगशाला परिक्षण रिपोर्टमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ५ जना र वडा प्रहरी कार्यालय विर्तामा कार्यरत दुई जना सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएको छ भने नारायणी अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मी र एक जना एम्बुलेन्स चालक संक्रमित भेटिएको मेडिकल सुपरिटेन्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले भेटिएका संक्रमित मध्य सबैभन्दा बढी पर्साको बहुदरामाई नगरपालिकाको बिभिन्न वडा निवासी रहेको बताउनु भयो।

बहुदरामाई नगरपालिकाको हेल्थपोस्टमा साउन ३० गते संक्रलन गरिएका स्वाबको नमुनालाई परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने वीरगन्जको विभिन्न वडाका २३ जना संक्रमित भेटिएको उपाध्ययाले जनकारी दिनुभयो।

उहाँले गएराति आएको रिपोर्टमा बारा जिल्लाको कलैया निवासी २ जना, पिलवाहा निवासी ३ जना र सिमरा निवासी १ जनामा संक्रमण प्रमाणित भएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.