दाहाल र भट्टराईबीच साझा चिन्हमा चुनाव लड्नेबारे छलफल
काठमाडौं– नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा चिन्हमा चुनाव लड्नेबारे छलफलमा जुटेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।
एउटै निर्वाचन चिन्ह लिएर आगामी चुनावमा जाने सहमति भएको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकारभित्र हसिँया हथौडा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्