रुपन्देहीको बेलहिया बाईपास नजिक गोली प्रहार, एकजना घाईते

रुपन्देही- रुपन्देहीको नेपाल-भारत सिमा नाका वेलहिया वाईपास नजिकै एक युवामाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट सिद्धार्थनगर १ बेलहियाका ३० बर्षिय बिकास गुरुङ घाईते भएका छन् ।

उनको कोखामा गोली लागेको छ । ओमसतिया ४ पर्ने बेलहिया वाईपासमा अपरिचत व्यक्तिको गोली प्रहारबाट गम्भीर घाईते गुरुङको भैरहवास्थित मेडिकल कलेजमा उपचार भईरहेको छ ।

उनी अहिले खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक बेद पौडेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको र साझसम्म घटनाबारे बिस्तृत बिवरण आउने सक्ने अनुमान गरिएको छ ।

अज्ञात समुहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडी जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समुहले गोलि प्रहार गरेका बताईएको छ । लुटेराहरुले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताईएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.