नेपालमा आज सबैभन्दा बढी संक्रमित, एकैदिन १ हजार १६ थपिए

काठमाडौं– नेपालमा आज हालसम्मकै सबैभन्दा बढी संक्रमित भएका छन् । नियमित प्रेस ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा भएको १३ हजार ४ सय ६१ जनाको परीक्षणमा पछिल्लो २४ घण्टामा १ हजार १६ जना संक्रमित भएका छन् ।
नयाँ थपिएसँगै देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन् । देशभर कुल सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ रहेको छ ।
एकै दिन मृत्यु हुने ७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाँके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्