दाहसंस्कारकै क्रममा कोरोना पुष्टिको रिपोर्ट आएपछि मलामीको भागाभाग

बर्दिया- बर्दियाको मधुवन नगरपालिका वडा नं. ९ का ७८ बर्षिय भिमबहादुर डाँगीको दाहसंस्कार कै क्रममा कोरोना पुष्टीको रिपोर्ट आएपछि मलामीको भागाभाग भएको छ ।

गाउँनजिकै कुसुम्बा घाटमा आज साँझ अन्त्येष्टि गर्दैगर्दा मृतकको कोरोना पुष्टीको रिपोर्ट आएको थियो ।

मृतकका आफन्तले पिसिआर रिपोर्ट नआउँदै चिकित्सकको सल्लाहविपरित डाँगीको शवलाई जवरजस्ती मधुवनस्थित घरमा लगिएको अस्पतालले जनाएको छ ।

मलामीहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरी सबैलाई होम क्वारेनटाईनमा बस्न अनुरोध गरिएको नगर प्रमुख गणेश बहादुर क्षेत्रीले बताउनुभयो । करिब डेढ सय मलामी घाटमा पुगेको बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.