पूर्वप्रधानमन्त्री प्रचण्डद्धारा माडीमा निर्मित बिभिन्न आयोजनाको शिलान्यास एवं उद्घाटन

चितवन- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा ३ वटा आयोजनाको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ ।

चितवन क्षेत्र नम्बर ३ का सांसद रहनु भएका अध्यक्ष प्रचण्डले रीउको पुलदेखि बनकट्टासम्मको बाटो, ढलान तथा बरुवा, बसन्तपुर, कल्याणपुर, कीर्तनपुर र देवेन्द्रपुर बजारहरुमा नाला निर्माण, चिरौलीको भ्यागुते घोलमा पुल र मगुई नजिकै कजवे निर्माणका लागि करीव ८ करोड रुपैंया बजेटमा भएको एकीकृत टेण्डरको बनकट्टामा शिलान्यास गर्नुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगत बरुवा बजारबाट भैरवपुर, पर्साचोक हुँदै सितलपुर (गंगटे खोला) पुग्ने १३ किलोमिटर कालोपत्रे तथा ८ वटा कल्भर्ट र नालासहितको २५ करोड रुपैंया बजेट रहेको रणनैतिक सडकको बरुवा बजारमा उहाँले शिलान्यास गर्नुभयो ।

त्यस्तै, नारायणी तटबन्धन आयोजना भरतपुरद्वारा निर्माण हुन लागेको करीब २० करोड रुपैंया बजेटको टम्टा, परुई, मगोई र चितई खोला तटबन्धन कार्यक्रमको प्रचण्डले टम्टा बजारमा शिलान्यास गर्नुभयो ।

माडी–ठोरी हुलाकी सडक अन्तरगत पर्ने रतनी पुलको एक कार्यक्रमका बीच उद्घाटन पनि गर्नुभयो । माडीमा हुलाकी सडकमा ११ वटा पुल निर्माण भएका छन् । यो पुलसँगै ३ वटा पुलको उद्घाटन भइसकेको छ । बाँकी ८ वटा पुलको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्न बाँकी रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले निर्माण कार्य रोकेको छ ।

शिलान्यास तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माडीमा सोचेको जति विकास गर्न नसकेको बताउनुभयो । माडीमा विकासले गति भने लिइरहेकाले अन्य पालिकाको तुलनामा धेरै राम्रा काम भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रचण्डलाई सांसदका रुपमा पाउनु माडीको लागि अवसर भएको बताउनुभयो ।

प्रचण्डलाई विकासको नेतृत्व र देशकै नेतृत्व गर्ने व्यक्तिका रुपमा प्रस्तुत गर्दै ४ वर्षको बीचमा माडी क्षेत्रमा उल्लेख्य विकास र परिवर्तन भएको आफूले देखेको बताउनुभयो ।

माडीको विकासका लागि आचार संहिता लाग्नु अगावै दर्जनौं कार्यक्रमहरु शिलान्यास भई चुनाव अगावै अगाडी बढाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । यस्तै वनमन्त्री प्रदीप यादवले माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभयो ।

माडीमा वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्न बाँकी पुलको काम चार दिनभित्र सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आउँदो संघीय र प्रादेशिक निर्वाचन अगावै माडीबासी र निकुञ्जबीचको द्वन्द समाप्त भइसक्ने र आफ्नो मन्त्रालयबाट कुनै अवरोध नरहने उहाँको जिकिर थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.