आलु उत्पादन त बढ्यो तर चिन्ता भण्डारणको

रुकुम पूर्व- रुकुम पूर्वमा यसपालि आलु राम्रो उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै फलेको हो । पुथाउत्तरगंगा गाउँपालिकाका किसानको मुख्य बाली नै मकै, आलु र सिमी रहेको छ ।

पालिकामा पहिलोपटक व्यावसायिक आलु उत्पादनमा लागेका चेबाङ कृषक समुह तकका किसानहरूलाई भण्डारणको चिन्ता लागेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत समूह बनाएर ६ हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु उत्पादन गरेको समूहका अध्यक्ष मनकुमारी रोकामगरले जानकारी दिनुभयो ।

थबाङ्गी स्थानीय र जनकदेव जातका करिब चार क्विन्टल बिउ लगाइएको थियोे ।

आलु खन्ने क्रम जारी रहेकाले गाउँभरि करिब दुई सय मेट्रिकटनसम्म आलु उत्पादन हुने अपेक्षा गरिएको छ । एक हेक्टरमा २० देखि २५ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ ।

आलु खन्ने क्रम जारी रहेकाले अहिले नै ठ्याक्कै यकिन भन्न नसकिने अवस्था रहेको छ । पहिलोपटक सामुहिक आलुखेती गरेर राम्रो आलु फलाए पनि किसानहरू खासै हर्षित देखिँदैनन् ।

नजिकमा ठूलो बजार अभाव र लामो समयसम्म भण्डारणको व्यवस्था नभएर कुहिएर खेर जान सक्ने भन्दै किसानहरू चिन्तित छन् । समूहका अध्यक्ष रोकाले बारीबाट निकालिएको आलु कहाँ राख्ने चिन्ता रहेको बताउनुभयो । गाउँमा भण्डारण केन्द्र नरहेकाले घरमा सुरक्षित राख्न सक्ने अवस्था नरेहको भन्दै आलु खेर जाने जोखिम रहेको किसानहरूले बताएका छन् । एकैपटक धेरै आलु बिक्री गर्न सक्ने अवस्था नरहेको र त्यसरी बेच्दा मूल्य नपाइने किसानको गुनासो छ ।

भण्डारण केन्द्र नहुँदा किसानहरू चिन्तित रहेको जिल्ला एकिकृत कृषि तथ पशुपंक्षी कार्यालयले जनाएको छ । गाउँपालिकाका अधिकांश ठाउँमा आलु उत्पादन हुने गरेको छ ।

भण्डारण केन्द्र नहुँदा बर्सेनि ठूलो मात्रामा आलु उत्पादन भए पनि आफू खाँदै बाँकी बंगुरको दाना बनाउने गर्छन् । आवश्यक पर्‍यो भने तत्कालै भण्डारण केन्द्रको व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो ।

किसानबाट भण्डारणको प्रस्ताव आएमा बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको छ ।

यसपटक सोचेभन्दा बढी आलु फलेको छ । उत्पादित वस्तुलाई लामो समय भण्डारण गर्न गाउँपालिकाले सोचिरहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.