गठबन्धनमा सहमति भए पूर्वमन्त्री किसान बाराबाट चुनाव लड्ने

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का नेता तथा पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा सहमति भए साझा उम्मेदवारका रुपमा बारा-४ बाट चुनाव लड्ने बताउनुभएको छ । सिमरामा मंगलवार पार्टी कार्यकर्ता तथा स्थानीय युवाहरुसँग कुरा गर्दै उहाँले आफु आवश्यकता अनुसार बारा-४ बाट पनि चुनाव लड्नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफू आवश्यकता अनुसार बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको बताउनुभयो । ‘मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताहरुले बारा-४ मा उम्मेदवार बन्न निर्देशन दिए म यहाँ पनि आउन तयार छु’, नेता श्रेष्ठले भन्नुभयो । यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ सो क्षेत्रमा सोही राजनीतिक दलले पाउने समझदारी भएपनि सत्ता गठबन्धनबीच सहमति भए आफू तनहुँ क्षेत्र नम्बर १ छोडेर बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको उहाँको भनाइ छ ।

बारामा बर्षौं देखि उद्योग-व्यवसाय संचालन गर्दै आउनुभएका श्रेष्ठलाई गठबन्धन दलका नेता-कार्यकर्ता र स्थानीय जनताले पनि बारा-४ मा आउन आग्रह गरेका छन् । विकासप्रेमी श्रेष्ठ बारा आए आफ्नो क्षेत्रको विकासमा योगदान पुग्ने उनिहरुको विश्वास छ ।

२०७४ सालमा भएको निर्वाचनमा श्रेष्ठले तनहुँ–१ बाट ३४ हजार ४ सय ९२ मत ल्याई बिजयी हुनुभएको थियो भने कांग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ९० मत मात्रै ल्याउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.