फुटपाथ पसल हटाउँदै राजविराज नगरपालिका

सप्तरी– राजविराज नगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु गरिएको छ ।

सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि नगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।

सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएपछि नगरपालिकाले अभियान शुरु गरेको नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविनले बताउनुभयो । ‘जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन सुरु गरेका हौँ,’ कार्यवाहक नगर प्रमुख परविनले भन्नुभयो ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन नगरपालिकाले एक महिना देखि सार्वजनिक सूचना जारी गरी माइकिङसमेत गरे पनि अटेर गरेपछि हटाउन सुरु गरिएको उहाँले बताउनुभयो । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन सुरु गरेपछि पैदलयात्रु तथा स्थानीय पनि हर्षित भएका छन् ।

कार्यबाहक नगर प्रमुख परविनले भन्नुभयोे, ‘पैदलयात्रीले सहजरूपमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान शुरु गरेका हौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.