उपत्यका भित्र निजी बैंकहरुको सेवा बन्द

बैंकका सिइओहरु नैं बाटोमा अलपत्र

काठमाडौं- सिमित जनशक्तिबाट संचालन गर्ने निर्णय गरेका निजी बैंक तथा वित्तिय संस्थाहरुलै अहिले केहीबेर अघिदेखि सेवा बन्द गरेका छन ।

उपत्यकामा आजदेखि लागु गरिएको निषेधाज्ञासँगै विहानै बैंकका सिइओ र कर्मचारी सेवा प्रभाव गर्न जाँदा बाटोमा प्रहरीले अनावश्यक दुख दिएको र कतिपय बैकका सिइओलाई त घण्टौं घाममा उभ्याइएको भन्दै विरोधस्वरुप बैंकहरु बन्द गरिएका हुन् ।

नेपाल बैकर्स एशोसिएसनको निर्णय बमोजिम उपत्यका भित्रका सबै निजी बैंकहरु बन्द गरिएको जानकारी नबिल बैंकका सिइओ अनिल केशरी शाहले नेपाल टीभीअनलाइनलाई जानकारी दिनुभयो ।

विहान बैंक खोल्न जाने कर्मचारीहरुलाई प्रहरीले बैंकको परिचय पत्रबाट आतेजाते गर्न नपाउने भन्दै रोकेको थियो ।

यसरी प्रहरीले ठाउँ ठाउँमा दुख दिएपछि संघले राष्ट्र बैंकसँग पनि सहयोगको लागि अनुरोध गर्‍यो तर बैंकका कर्मचारीले दुख पाइरहे । त्यसैले संघले बैंकहरु आज बन्द गर्ने निर्णय गरिएको हो- शाहले भन्नुभयो ।

हिजो मात्र नेपाल बैंकर्स एशोसियशनले हरेक ‘क’ वर्गका बैंकहरुले उपत्यका भित्र काठमाडौंमा ५ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटा शाखा संचालन गर्ने निर्णय गरेका थिए ।

तर ती शाखाहरुमा कर्मचारी पुग्न कठिन भएको र प्रहरी प्रशासनले सहयोग नगरेको भन्दै केहीबेर खुलेका बैंकहरु एकाएक बन्द भएका हुन ।

बैंक संचालनका अतिरिक्त नजिकैका एटीएम बुँथहरुमा पैसा राख्न समेत अब कठिनाइ भएको शाहले बताउनु भयो ।

सरकारले उपत्यकाभित्र अत्यावश्यक सेवा बाहेक अन्य काममा रोक लगाएपनि बैंक तथा वित्तीय संस्थाहरुको संचालन अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकोले आफूहरुले बैंक खोल्ने निर्णय गरेको तर निर्णय र कार्यन्वयनको पाटोमा गलत बुझाइ भएकोले असजिलो भएको सिइओ शाहको भनाइ छ ।

अहिले पनि राष्ट्रबैंक र सरकारी तहमा छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । सरकारको निर्णय बमोजिम आफूहरु बैंक संचालन गर्न तयार भएको तर सरकारले वातावरण बनाउनुपर्ने उहाँको माग थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.