निषेधाज्ञाको पहिलो दिन देखिएको काठमाडौं (भिडियो र फोटो फिचर)

काठमाडौं– उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौं सुनसान देखिएको छ । अत्यावश्यक बाहेक सबै सवारीलाई प्रहरीले कडाइका साथ रोकेको छ । उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या धमाधम उकालो लागेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकले एराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।

आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.