निर्वाचनमा नेपाल टेलिभिजनले राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्छ- कार्यकारी अध्यक्ष शाह

काठमाडौँ- बडा दशैं-२०७९ को उपलक्ष्यमा नेपाल टेलिभिजनले आज संस्थानभित्र शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्‍यो ।

सिंदरवारस्थित संस्थानको कार्यालय परिसरमा भएको छोटो कार्यक्रममा संस्थानका अध्यक्ष समीर जंग शाहले एउटै थलोबाट एक-आपसमा शुभकामना बाँड्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

नेपालटिभीअनलाइनसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष शाहले नेपाल टेलिभिजनको साख र छविलाई अझ उचाइमा पुर्‍याउन नेपाल टेलिभिजनका संचारकर्मी र कर्मचारीहरुको मनोबल उच्च बनाइराख्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । अध्यक्ष शाहले आगामी मंसिर ४ गते हुनगइरहेको आम निर्वाचनमा नेपाल टेलिभिजनले राष्ट्रिय दायित्वको रुपमा भूमिका निर्वाह गर्ने पनि उल्लेख गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.