हुम्लाकाे लिमीमा दसैँमा पनि पठनपाठन सुचारू

हुम्ला- हुम्ला जिल्ला भरी दसैँकाे बिदा छ । तर उत्तरी नाम्खा गाउँपालिका- ६ काे लिमीका सामुदायिक विद्यालयमा भने पठानपाठन चलिरहेकाे छ ।
यहाँका  स्थानीयले दसैं नमनाउने भएपछि विद्यालयमा नियमित पठनपाठन भएको हाे ।

सरकारले दसैँ बिदा दिएपछि जिल्लाभरीका विद्यालयमा पठनपाठन राेकिएका छन ।

हिमाल पारीकाे लिमीका तीन गाउँमा सार्वजनिक बिदा भएपनि खासै मतलब हुँदैन ।

“नाम्खा गाउँपालिका लिमिमा दसै तिहार नमान्ने गरेपछि हामीहरूले विद्यालय नियमित पठनपाठन सुचारू गरेका हाैं” नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिए ।

वडाध्यक्ष तामाङका अनुसार सरकारी शिक्षकहरूलाई दसैं बिदा दिएपनि निजिश्राेतमा राखिएका स्थानीय शिक्षकले विद्यालय सुचारू गरेका छन ।

निजीश्राेतकाे शिक्षकलाई उवा भित्र्याउने बेला १५ दिन र उवा खेतमा छर्ने समयमा १५ दिन गरी एक महिना मात्रै बिदा हुने गरेकाे वडाध्यक्ष तामाङकाे भनाइ छ ।

लिमीकाे भृकुटी आधारभुत विद्यालय पनि सुचारू नै रहेकाे नाम्खा गाउँपालिका-६ जाँङका स्थानीय तेर्नजिङ नुर्वु लामाले बताए ।

“दसैंमा पनि विद्यालय सुचारू गरेका छाैं सरकारी दरबन्दीका शिक्षकहरूलाई असाेज १० गते नै बिदा भइसक्याे निजी श्राेतका शिक्षकले विद्यालय सुचारू गरेका छन ” सुनखानी आधारभुत विद्यालयका निजी श्राेतका शिक्षक कन्जाेक छिरिङ तामाङले बताए ।

३ जना निजी श्राेत,  १ जना आधार नेपाल संस्था र ३ जना सरकारी दरबन्दी गरी ७ जना शिक्षक रहेपनि सरकारी दरबन्दीका ३ जना शिक्षक दसैं मनाउने घर गएका शिक्षक तामाङले बताए ।
“४ जना शिक्षकले विद्यालय सुचारू गरेका छाैँ । १९ छात्रा र १६ जना छात्र गरी ३५ जना विद्यार्थी विद्यालय नियमित आउँछन ।” शिक्षक तामाङले बताए ।

“३८ जना विद्याथी हुन तर ३ जना विद्यार्थी बिरामी भएर जिल्लाबाहिर गएका छन” शिक्षक तामाङले भने ।

 

“अब तीन दिन पछि हामीहरूकाे पनि १०दिनसम्म बिदा हुन्छ, उवा काटेर भित्र्याउने समय हाे ।” शिक्षक तामाङले नेपाल टेलिभिजनसँग बताए ।

लिमीकाे हल्जी गाउँकाे सुनखानी र जाँङ गाउँकाे भृकुटी आधारभुत विद्यालय दसैं बिदामा पनि नियमित सुचारू रहेका छन ।

हुम्ला जिल्लाभरी १ सय ५२ वटा विद्यालय छन । २७ वटा माध्यमिक विद्यालय ३१ निम्नमाध्यमिक र ९४ वटा आधारभुत विद्यालय रहेकाे शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका प्रमुख तिलक भट्टराईले जानकारी दिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.