रुख ढलेर राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

दाङ- पूर्व पश्चिम राजमार्ग दाङ खण्ड अवरुद्ध भएको छ ।

लमही नगरपालिका-७ स्थित पदमिनि साेता नजिक रुख ढलेर राजमार्ग अवरुद्ध भएको सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिनुभएको छ ।

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिरहेका छन ।

लगातार पानी पर्दा रुख ढलेर राजमार्गमा तेर्सिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.