अवरुद्ध राजमार्ग खुल्याे, जाेखिमका क्षेत्रमा सुरक्षाकर्मी परिचालन

दाङ- दाङमा अवरुद्ध राजमार्ग सुचारु भएको छ ।

लगातार परेकाे पानीका कारण रुख ढलेर राजमार्ग अवरुद्ध भएको थियाे ।

सशस्त्र प्रहरी बल ४१ नम्बर गण अर्जुनखाेलाका एसपी अरविन्द श्रेष्ठकाे नेतृत्वमा पुगेकाे सुरक्षाकर्मीकाे टाेलीले रुख काटेर पन्छाएको हाे ।

बाढीजन्य विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राप्ती नदि र आसपासका खहरे खाेलाले पुर्‍याउन सक्ने क्षति र हुन सक्ने जाेखिम न्यूनिकरणका लागि सुरक्षाकर्मी हाइअलर्टमा रहेकाे प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सम्भावित जाेखिम क्षेत्रमा परिचालन गरिएको छ । नागरिकसँग मिलेर विपद् प्रतिकार्य गरिने सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

जिल्लामा राप्ती र बबई जलाधार क्षेत्र सहित यस संग जाेडिएका खहरे खाेलाका कारण पानी जन्य विपद्काे जाेखिम छ । ३७ वटा वडा पानी जन्य विपद्काे जाेखिममा छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.