रुघा र ज्वरोका कारण राष्ट्रपति अस्पताल भर्ना

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना हुनुभएको छ ।
राष्ट्रपतिलाई शनिबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो । ‘सामान्य स्वास्थ्य समस्या हो,’ नेपालटीभी अनलाइनसँग उहाँले भन्नुभयो, ‘डाक्टरहरुले विभिन्न परीक्षणको रिपोर्टहरु हेरिरहनुभएको छ ।’
उहाँलाई शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको थियो ।
अस्पतालमा राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ ।






प्रतिक्रिया राख्नुहोस्